प्रदेश सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

गण्डकी प्रदेश पोखरा, नेपाल

मा. मधु अधिकारी गुरुङ
माननीय मन्त्री
व्यक्तिगत विवरण
नाम मा. मधु अधिकारी गुरुङ
मोवाइल ९८५६०८१७६३
ईमेल: madhuadhikari838@gmail.com

ठेगाना : दुधपोखरी गाउँपालिका वडा नं.-४, लमजुङ

 

राजनैतिक जीवन :

  1. २०५१ सालमा साजना सांस्कृतिक परिवार लमजुङ सचिव ।
  2. २०५२ सालमा अनेरास्वियु (क्रान्तिकारी) बागेश्वरी मा.वि. को इकाई समितिको सदस्य ।
  3. २०५४ सालमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) लमजुङको जिल्ला सचिव ।
  4. २०५५ सालमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) लमजुङको जिल्ला अध्यक्ष ।
  5. २०५५ सालमा १९ दिन जेल हिरासत जीवन ।
  6. २०५५ सालमा नेपाल कम्युनिष्ट पार्टि (माओवादी) को इलाका समिति सदस्य ।
  7. २०५५ साल मंसिर ३ देखि २०५७ कार्त्तिक महिनासम्म जेल जीवन ।
  8. २०५८ सालमा गोर्खा लमजुङ अन्तर्गतको इलाका समितिको सचिव ।
  9. २०५९ सालमा नेपाल महिला संघ (क्रान्तिकारी) लमजुङ अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टि (माओवादी) को जिल्ला समिति सदस्य ।
  10. २०६० सालमा नेपाल कम्युनिष्ट पार्टि (माओवादी) को इलाका इन्चार्ज ।
  11. २०६३ सालमा नेपाल कम्युनिष्ट पार्टि (माओवादी) को लमजुङ निर्वाचन क्षेत्र नं. १ को इन्चार्ज (तमुवान राज्य समिति सदस्य) ।
  12. २०६४ साल फाल्गुनमा नेपाल कम्युनिष्ट पार्टि (माओवादी) को तमुवान राज्य समितिको सचिवालय सदस्य ।
  13. २०६४ मा नेपाल कम्युनिष्ट पार्टि (माओवादी) को लमजुङ निर्वाचन क्षेत्र नं. २ बाट संविधान सभाको सदस्य पदमा उम्मेदवार ।
  14. २०६५ सालमा तमुवान राज्य कार्यालय जनक्रान्तिका शहिद परिवार समाज नेपालको के.स. एवं कार्यालय सचिव, जनक्रान्तिका शहिद परिवार समाज नेपालको तमुवान राज्य समितिको संयोजक ।
  15. २०६९ सालमा एकीकृत नेपाल कम्युनिष्ट पार्टि (माओवादी) को लमजुङ निर्वाचन क्षेत्र नं. २ को इन्चार्ज ।
  16. २०७० सालमा एकीकृत नेपाल कम्युनिष्ट पार्टि (माओवादी) को समानुपातिक समावेशी तर्फबाट पार्टी उम्मेदवार ।
  17. २०७१ सालमा एकीकृत नेपाल कम्युनिष्ट पार्टि (माओवादी) को जिल्ला पार्टी कार्यालय सचिव जिल्ला सम्मेलनबाट सचिव पदमा निर्वाचित ।
  18. २०७३ सालका नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) को पोलिटव्युरो सदस्य एवं जिल्ला संयोजक ।
  19. २०७४ सालमा गण्डकी प्रदेश सभाको लागि नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) को समानुपातिक समावेशी तर्फबाट सदस्य पदमा निर्वाचित ।
  20. २०७५ सालमा नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) लमजुङ जिल्ला अध्यक्ष एंव गण्डकी प्रदेश सचिवालय सदस्य ।
  21. २०७८ साल जेष्ठ २९ गते गण्डकी प्रदेश सरकारको मन्त्री पदमा नियुक्त ।
  22. २०७८ साल आषाढ १३ गते गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी ।
  23. २०७८ साल भाद्रमा नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) को गण्डकी प्रदेश सचिवालय सदस्य एवं लमजुङ जिल्ला समन्वय समितिको संयोजक ।